कारण
यो रोग पनि Cercospora coffiecola नामक ढुसीको कारणले लाग्दछ । रोगको प्रमुख कारण छहारी नभएको अवस्थामा फलहरुमा सोझै सूर्यको किरण पर्नु हो ।
लक्षण
- कलिला फलहरुमा गाढा खैरा र अनियमित किसिमका दागहरु देखिन्छन् ।
- दागहरुका कारणले फलहरु केही खुम्चिदै कडा हुँदै जान्छन् र मरेका जस्ता देखिन्छन् ।
- रोगको प्रकोप बढी भएमा दागहरुको आकार बढ्दै जान्छ र पुरै फलहरु दागी बन्दछन् र फल सुकेर कडा हुन्छ ।
व्यवस्थापन
- छहारीको उचित व्यवस्था मिलाउने
- माटोको चिस्यान कायम राख्न छापोको व्यवस्था गर्ने
- बगैचा वरिपरीका झारपातहरु उखेलेर नष्ट गर्ने
- रोगको लक्षण देखिने बित्तिकै १% बोर्डोमिक्सचर छर्ने
- उचित मलखाद (गुणस्तरिय कम्पोष्ट र झोलमल) प्रयोग गर्ने
