बीउ रोप्नु भन्दा अगाडी मनतातो पानीमा १२ देखि १८ घण्टा भिजाएर राख्दा चाडो उम्रन्छ । बीउलाई ब्याडमा १० से. मि. को फरकमा लाइन बनाई ५ से.मि. को फरकमा घोप्टाएर रोप्नुपर्दछ । बीउलाई माटो, मल र बालुवाको मिश्रणले करिब २ से.मि. बाक्लो हुने गरी छोप्नु पर्दछ । बीउ रोपण पछि तातो पानीले उपचार गरिएको पराल वा जुटसिटले छोप्नु पर्दछ । धमिराको प्रकोप हुने ठाउँमा हरियो तितेपातीको छापो राख्नु पर्दछ । छापो हटाईसकेपछि १.मि. को अग्लो छहारी दिनु पर्दछ । बीउ उम्रेको, नउम्रेको निरीक्षण गर्नुपर्दछ, बीउ अंकुरण हुन थालेपछि पराल, बोरा वा छापो हटाई बेर्नालाई सजिलै बढ्न दिनु पर्दछ । ब्याडमा हरेक दिन बिहान पानी छर्ककनु पर्दछ । रोपण गरेको ३०—४० दिनमा बीउ उर्मन्छ ।
