कफीमा छहारी नभएमा वा छहारीको कमी भएको खण्डमा सतो गवारोको आक्रमण बढी हुन्छ । यसका साथ साथै कफीको पातहरु तथा फलमा पनि सूर्यको प्रकाशले गर्दा पात तथा फलको बोक्रा डढ्ने समस्या हुन्छ । छहारीको कमीबाट हने समस्या न्यनु गर्न कफी लगाउँदा छहारी भएको ठाउँमा लगाउनु पर्छ । यदि छहारी छैन भने कफी लगाउनु भन्दा एक वर्ष पहिले छहारीको बोट लगाउनु पर्छ । यसका साथै बिरुवा रापेको वर्ष तुषारोबाट बचाउन अस्थाई छहारीको व्यवस्था गर्नुपर्छ ।
