यो जात कातुरा र टिमोरको वर्णशङ्कर जात हो। यो जातको वंशावली अनुसार रोबष्टा कफीको जात यसमा मिसिएको छ । यसले सिन्दुरे रोग सहन सक्छ । बोट सानो सोली आकारको हुन्छ र फल ठुलो हुन्छ । उत्पादन निकै बढी हुन्छ र चाँडै पाक्छ । जरा जमिनको माथिल्लो भागमा नै सीमित रहने हुँदा यसलाई बढी चिस्यान र मलिलो माटो आवश्यक पर्छ । यसलाई ८०० देखि ९०० मिटरको उचाइमा लगाउन उपयुक्त हुन्छ ।
