वोर्बोन जातको बोटमा प्राकृतिक परिवर्तन भई उत्पति भएकोजात हो। बिरूवाको आकार र रुप करीब पाकसको जस्तै हुन्छ तर फल ठुला हुन्छन् । बोट सोली आकारको होचोदेखि मझौला र घना, पात ठूला र किनारा खुम्चिएका, अन्तर आँख्लाको दूरी कम हुन्छ । यसको टुप्पाको मुना खैरा, राता रङ्गका हुन्छन्। यो पनि पाकेपछि फल रातो र पहेलो हुने दुई किसिमको हुन्छ र उत्पादन बढी हुन्छ । यो सिन्दुरे रोगबाट प्रभावित हुन्छ । यो जात जुनसुकै हावापानी र उचाइमा हुन्छ तर ८०० देखि १२०० मिटरको उचाइमा बढी राम्रो हुन्छ ।
