यो खपटे वर्गको कीरा हो । हाल नेपालमा जाइलोट्रेकस क्वाडिपेस प्रजातिको गवारोको लाभ्रेले कफीमा हानी पुर्याउने देखिऐको छ । यसले मुख्य रुपमा अराविका जातको कफीलाई क्षति पुर्याउने । यसको वयस्क खपटे १–२ से.मि. लामो हुन्छ भने यसको अगाडीको पखेटामा कालो र सेतो धर्सा हुन्छन्
जीवन चक्र
यसका फूल, लार्भा, प्यूपा र वयस्क गरी चार अवस्था हुन्छन्, जसमा लार्भा अवस्थाले कफीको डाँठमा पसेर क्षति पुर्याउँदछ भने अवस्थाले कुनै प्रत्यक्ष हानी पुर्याउँदैन ।
लक्षण
- काण्ड वा प्रमुख हाँगा वरिपरिका बोक्रा चर्केको र उठेको देखिन्छ ।
- बोटहरु ओइलाएर विस्तारै सुक्दै जान्छन् ।
- काण्ड देखि जराहरु सम्म बिस्टाले कडा तरिकाले पुरीएका सुरुङ्गहरु भेटिन्छन् |
- आक्रमण गरेका बोटहरु तान्यो भने सजिलैसँग भाचिन्छन् र चिरेर हेर्दा प्राय लाभ्रेहरु खाईरहेको अवस्थामा भेटिन्छन् ।
- पूराना ठूला बोटहरु गबारोले आक्रमण गरेको केही वर्षसम्म उत्पादन दिन्छ र गबारोको स्रोतको रुपमा रहन्छ ।
व्यवस्थापन
- छहारीको उपयुक्त व्यवस्था गर्ने
- गवाराले आक्रमण गरको बोटहरु पत्ता लगाई काट्ने वा उखल्ने र कीरा सहित जलाई नष्ट गर्ने
- काण्ड वा हाँगाको खस्रो बोक्रा बोराको टुक्राउने वा अन्य कुनै खस्रो वस्तुले घोटेर चिल्लो बनाउने
- कुनै नीम जन्य वा लिस्प मलहमको प्रयोग गर्ने
- अन्तिम टिपाइपछि बोटको काँटछाँट गरि झोलमल प्रयोग गर्ने
- समुदायमा आधारित सेतो गवारो व्यवस्थापन अभियान संचालन गर्ने
- बढि समस्या भएको ठाउँमा फेरोमोन पासो राख्ने
