नाईट्रोजनको कमी
शुरुमा पुरानो पातहरु पहेलो हुनु र पछि पुरै पात पहेलिनु तथा बृद्धि रोकिनु, उत्पादनमा कमिहुनु
फोस्फोरसको कमी
बनस्पतिक बृद्धि कम हुने, कोपिला राम्रो संग बन्न नपाउने, फल सानो हुने, फलको बोक्रा खस्रो र बाक्लो हुने, फल छिपिनु अघि नै झर्ने ।
पोटासको कमी
फलको आकार सानो हुने,बोक्रा चिल्ला र पातलो हुने,फल झर्ने र फुटने हुन्छ ।
जिंकको कमी
शुरुमा पात पहेलिनु तर पातका नसाहरु हरियो र हन्छ । पछि पातमा डढेको थोप्लाहरु देखापर्दछ
म्यागनेसियमको कमी शुरुमा पात पहेलिनु तर नसाहरु हरियो रहन्छ । धेरै नै कमी भएमा पुरै पात तामा रंगको देखिने भै अन्त्यमा पात झर्दछ ।
आइरनको कमी नयाँ पालुवामा नसा हरियो तर बीचको भाग पहेलो हुन्छ ।
सल्फरको कमी बसन्त ऋतुमा निस्किने नाया पालुवा तथा कलिला पात पुरै पहेलिन्छ तर पुराना पातहरु हरिया नै हुन्छ ।
क्याल्सियमको कमी नयाँ पातको किनारामा हरितकण हराएर जान्छ । हाङ्गाहरु टुप्पाबाट तल तिर मर्दै जान्छ ।
बोरोनको कमी फल सानो हुने र फल फुट्ने गर्छ ।
गहिरो रोपण
कफीको बेर्ना प्लाष्टिक ब्यागमा जति माटोले पुरेको छ त्यति नै माटोले छोपी रोप्नु पर्छ । तर रोप्ने तरिकाको ज्ञानको अभावले गर्दा र कफी रोप्ने खाडल उपयुक्त प्रबिधी अनुसार तयार नपार्दा रोपीसके पछि माटो दबेर रोपेको बेर्ना चाहिने भन्दा बढी माटोले पुरिन्छ । यसले गर्दा डाँठ/जरा कुहेर बेर्ना मर्दछ ।कफी र रोप्ने खाडल मल माटामा मिलाई एक महिना पहिले पुरी राखेको खाल्डोमा बेनो रोपेमा बेर्ना मर्ने समस्या धेरै घटाउन सकिन्छ ।
