पहिचान
पखेटा विहिन, सानो, च्याप्टो र नरम शरीर भएको साथै अण्डाकार वा लामो शारिरिक आकार–प्रकार भएको हुन्छ । शरिर बाहिरबाट सेतो पदार्थले ढाकिएको हुन्छ ।

लक्षण
कलिला मनुा, हागाँ, पात र दानाका वरीपरी टाँसिएर बिरुवाको रस चुसेर खान्छन् । आफु बसेको ठाउँमा गुलियो पदार्थ छोड्छन् जसले गर्दा कमिलाहरु यिनीहरु प्रति आर्कषित हुन्छन् । कलिला हागाँ, मनुा र पातहरु बढ्दैनन्, आइेर्लाउछन् र विस्तारै सुक्दै जान्छन् । मिलीबग बसेको ठाउँमा कालो दाग र ढुसी रोगको प्रकोप देखिन्छ । मिलीबगले चुसेको दानाहरु बढ्दैनन् र खोस्टो भएर सुक्छन् ।  

1

व्यवस्थापन

  1. छहारीको उपयुक्त व्यवस्था गर्ने 
  2. बगैँचामा रहेका कमिलाका गोलाहरु पत्ता लगाई नष्ट गर्ने 
  3. बगैंचाको नियमित गोडमेल र काँटछाँट गर्ने 
  4. कीरा लागेका बोटका भागहरु काटेर कीरा सहित नष्ट गर्ने  
  5. कुनै नीम जन्य विषादि वा जैविक झोल औषधि प्रयोग गर्ने