पहिचान
- नरम शरीर भएको र बाहिरबाट शंख आकारको कडा खोलले ढाकिएको हुन्छ ।
- शंख जस्तो खोलको रङ्ग नौनी जस्तो वा केहि गाढा खालको हुन्छ ।
- यिनीहरुको प्रकोप, ओसिलो, बढी छहारी भएको, बढी उचाई भएको स्थान तथा चिसो र आद्रता बढी भएको अवस्थामा देखिन्छ ।
- प्रशस्त चिस्यान भएको माटोमा सन्तान उत्पादन गर्छन् ।
- कलिला पातहरु, मनुाहरु र कलिला हागाँका बोक्रा र कहिलेकाहिँ फलको बाहिरी भाग समेत खान्छन् ।
लक्षण
- आक्रमण गरेका पातहरुमा अनियमित आकारका प्वालहरु र हाँगाहरु बोक्रामा खस्रा दागहरु देखिन्छन् ।
- क्षतिग्रस्त हागाँहरु बाङ्गा टिङ्गा भएर बढ्छन् र बाटेको माथिल्लो भागको वृद्धि असामान्य देखिन्छ ।
- क्षतिग्रस्त फलको वृद्धि रोकिन्छ र बाहिरी भाग खस्रो हुन्छ ।
व्यवस्थापन
- बगैचाको नियमित सर–सफाईको व्यवस्था गर्ने ।
- शंखे कीराहरु हातले टीपेर तातो पानी वा नुन पानीमा डुबाएर मार्ने ।
- बगैचाको ठाउँ–ठाउँमा पातको थुप्रोहरु राख्ने र थुप्रोमा जम्मा भएको शंखे कीराहरु बटुलेर मार्ने ।
- शंखे कीरालाई भगाउन चुना वा खरानीको प्रयोग गर्न सकिन्छ ।
