यसको बोट होचो, हाँगा मझौंला र पात ठूला एवं गाढा हरियो रङ्गको हुन्छ । यसको हाँगाको आँख्ला बीचको दुरी छोटो र टुप्पाको मुनाको डाँठ हरियो रङ्गको हुन्छ । यसका सहायक हाँगाले मूल हाँगासँंग करीब ९० डिग्रीको कोण बनाउँछ जसले बोटमा प्रशस्त सुर्यको प्रकाश पार्न सक्छ । यसको जरा बलियो र गहिरो जाने हुँदा सुख्खा, हुरी बतास, बढी प्रकाश एवं ताप सहन सक्छ र छिटो बढ्छ । यसमा फल धेरै लाग्छ तर फल मझौला खाले हुन्छ । यसलाई ८०० देखि १००० मिटरको उचाइमा लगाउन सकिन्छ ।
