यो कातुरा र अन्य अराबिका जातहरुसँंग दुई पटकसम्म वर्णशङ्कर गरी भारतमा बिकास गरिएको जात हो। यो जातको वंशावली अनुसार लाईबेरिका कफीको जात यसमा मिसिएको छ । यसको बोट मध्यम उचाइको र हाँगा बाक्लो हुन्छ । यसको फल ठुला हुनुका साथै उत्पादन क्षमता निकै बढी छ र गुणस्तर पनि राम्रो छ । तर सिंन्दुरे रोग सहन सक्दैन । यो जात नेपालको बिभिन्न उचाइ एवं हावापानीमा लगाइएको र राम्रो भएको पाइएको छ । यसलाई ८०० मिटर देखि १२०० मिटरको उचाइमा लगाउन उपयुक्त हुन्छ ।
