जुन ठाउँमा कफी बगैंचा स्थापना गर्ने हो, सोही ठाउँको माउ बोटबाट बीउ संकलन गर्नु पर्छ । १००० मिटर भन्दा माथिको हुनु पर्छ । १०/१२ बर्षको बोटबाट बीउ संकलन गर्नु पर्छ । माउबोटको जात थाहा हुनु पर्छ । माउबोट स्वस्थ, निरोगी र बलियो हुनु पर्छ । राम्रो, मलिलो माटो, छायादार बिरुवा भएको ठाउँबाट माउ बिरुवा छनोट गर्नु पर्छ । पुरानो (१५ वर्ष माथिको) पुनर्जीवन दिएको, अस्वस्थ, र उत्पादन घट्न थालेका माउ बिरुवा छनौट गर्नुहुँदैन । रोवष्टा र अराबिका, लाइबेरीका आदीबाट वर्णशंकर जातको कफी लगाउनु हुँदैन । यि जातको कफीहरु विशिष्ट जातको कफी मानिदैन । बोरबोर्न, टिपिका, कटुरा यी जातहरुसँग मिल्ने अन्य जातहरु विशिष्ट कफीको लागि राम्रो मानिन्छ ।
