ब्याडमा बिहानको घाम पर्ने गरी २ मि. अग्लो छापोको व्यवस्था गर्नुपर्दछ । पलास्टीक थैलालाई मिलाएर राख्दा १ पलास्टीक थैला बराबरको खाली ठाउँ राख्नु पर्दछ । हावा पानी र माटोको चिस्यान अनुसार हरेक दिन आवश्यकता अनुसार पानी दिनुपर्दछ । जरा, डाँठ वा पातमा रोग र कीरा उत्पन्न हुने किसिमको होचो, घाम नछिर्ने खालको छापो हुनु हुँदैन । समय समयमा रोग र कीराको प्रकोपबाट बचाउन जैविक विषादी, मलमुत्र प्रयोग गर्नु पर्दछ । बेर्नालाई स्वस्थ बनाउन प्रांगारिक झोलमोल, डायनामिक झोलमोल बनाई छर्नु पर्दछ । नर्सरी बिरुवामा फेद कुहिने रोग रोग बढी लाग्ने भएकाले समय समयमा ०.५ प्रतिशतको बोर्डो मिक्चर छर्नु पर्छ । बेर्ना लगाएको प्वाल औलाले थिचि प्वाल बन्द गर्नुपर्दछ । बेर्ना उखेल्दा माटोले छोपिएको पुरा भाग माटो मुनि पुरीनु पर्दछ । थैलामा सारीएका बेर्नाहरुमा पुन हजारीले सिंचाई गर्नु पर्दछ ।बेर्ना रोप्दा जरा बाङ्गो, टिङ्गो हुनु हुँदैन, घुमको, बाङ्गो जरा भएको बेर्ना रोप्नु हुँदैन । १ बर्षदेखि डेढ बर्षको बेर्ना रोपणको लागि तयार हुन्छ । प्राय असार, साउनमा बेर्ना रोपिन्छ । यदि सिंचाईको सुविधा भएमा ८ महिनाको बेर्ना फागुन, चैतमा रोप्न सकिन्छ ।
