बोटलाई स्वस्थ, बलियो एवं सन्तुलित राख्न र नियमित रुपमा गुणस्तरको फल बढी उत्पादन गर्न शुरु देखि नै बोटको तालिम गर्नु पर्छ ।
कफीको बोटको आकार बनाउन विरूवा लगाएदेखि बिचार गर्नु पर्छ । बोटलाई दिइने तालिमको प्रकार जमिनको बनोट, कफीको जात, बगैंचाको वातावरण (छहारी भएको/खुला), कृषकको ज्ञान, सीप, इच्छा आदिमा भर पर्दछ ।
काँटछाँट गर्ने समय
कफी बोटको मुख्य काँटछाँट फल टिपिसकेपछि फूल लाग्नुभन्दा अगाडि फागुन चेैत महिनामा गरिन्छ । बोटको अवस्था, त्यस स्थानको हावापानी तथा आवश्यकता अनुसार यो काँटछाँट वैशाख/जेठसम्म पनि गर्न सकिन्छ । यसको अलावा दोस्रो पटकको हलुका काँटछाँट (टुसा हटाउने कार्य /नयाँ मुनाको छट्नी पनि साउन भदौमा गरिन्छ |
