बेर्ना सार्नुभन्दा अगाडी नै रोप्ने थैलाहरु तयार पार्नुपर्दछ । थैला भर्दा जंगली माटो २ भाग, गोबर मोल २ भाग र बालुवा १ भागको मिश्रणलाई १५ दिन घाममा सुकाई उपचार गरेपछि भर्नुपर्दछ । पलास्टीक थैलाको आकार ५–७ इन्च (३०० गेज) को हुनुपर्दछ । र ३ मि.मि. को ३ जोडा प्वाल पार्नु पर्दछ । भरेको थैला एउटै लहरमा वा दोहारो लहरमा बासको कप्टेराले टेवा दिई अड्याउनु पर्दछ | बेर्ना उर्मेको १ हप्ता पछि टोपे अवस्थाको पलास्टीक थैलामा सार्नु पर्दछ । बेर्नाको मुल जराको टुप्पो (Main root) नचिमोटी सार्नुपर्दछ । बेर्ना ब्याडको एक छेउबाट जरा नचुडिने किसिमले बासको कप्टेरोको सहायताबाट झिक्नु पर्दछ । सोहि कप्टेराबाट थैलाको बिच भागमा प्वाल बनाई जरा सिधा पारी रोप्नु पर्दछ ।
